
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ः३० बजे बोलाइएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार समसमायिक राजनीतिक विषय र पार्टीको आन्तरिक छलफलका लागि बैठक बोलाइएको हो ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय बैठक सम्पन्न भएको थियो ।