
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको श्री माध्यामिक विद्यालयका लेखापाल मनिल ढकाल विद्यालयकै शौचालयमा जलिरहेको अवस्थामा फेला पर्नुभएको छ ।
आज बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४0 वर्षीय ढकाल जलिरहेको अवस्थामा फेला पर्नुभएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा बिहान ६: ५० बजेतिर भेटिएको हो ।
उहाँ आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँड्नुभएको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेर गम्भीर बन्नुभएका उहाँलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा ढकाल आफैले शरिरमा आगो लगाएको देखिएको प्रहरीले जनाएको छ ।