एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको छ ।

बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिनुभएको थियो।

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उहाँले सरकारले जवाफ दिनुपर्ने माग राख्नुभएको थियो।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि सांसदहरु नबसेपछि २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

यस्तै, प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधका कारण १ घण्टाका लागि स्थगित गरिएको छ ।

Back to top button