आज ४० अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। कारोबार साताको पहिलो दिन आज नेप्से परिसूचक ४० दशमलव ४८ अंकले बढेर १९८० दशमलव ०९ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स ६ दशमलव १० अंकले बढेर ३७० दशमलव ५२ विन्दुमा अडिएको छ। आज १७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँमा खरिदबिक्री भयो

दोहोरो अंकले बढेको सेयर बजारमा २ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १० प्रतिशत र सिटी होटलको ९ दशमलव ९९ प्रतिशतले सेयर मूल्य बढेको हो।

यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको ८ दशमलव ७० र रिलाइन्स फानान्सको ८ दशमलव ३६ र सिटीजन्स इन्भेस्टमेन्ट ट्रस्टको ८ दशमलव ३१ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा सिटजन इन्भेस्टमेन्ट ट्रस्ट शीर्षस्थानमा रह्यो। यसको ११ करोड माथिको सेयर कारोबार भयो। शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स उपसमूहको सूचक सर्वाधिक ५ दशमलव ७२ प्रतिशतले बढ्यो।

इन्भेस्टमेन्ट उपसमूहको ५ दशमलव ११ प्रतिशतले बढ्यो। २१२ कम्पनीको सेयर मूल्य बढ्दा ६ को घट्यो भने बाँकी ५ को मूल्य स्थिर रह्यो।

Back to top button