सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम २ अर्ब ३३ करोडमा सीमित

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट भएको छ । सेयर कारोबार साताको दोस्रो दिन आज नेप्से परिसूचक ३ दशमलव २१ अंकले घटेर २०४८ दशमलव २६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १ दशमलव ५९ अंकले घटेर ३९० दशमलव ४३ विन्दुमा पुगेको छ।

यसदिन २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कम्पनीको २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा खरिदबिक्री भयो। हिजो नेप्से परिसूचक ३८ अंकले घटेको थियो। सो दिन २ अर्ब ६८ करोड बढि मूल्यको सेयर कारोबार भएको थियो।

आज नेपाल रिपब्लिक मिडियाको ९ दशमलव ९९ र गुराँस फाइनान्सको ९ दशमलव ९४ प्रतिशतले सेयर मूल्य बढ्यो। कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिपब्लिक मिडिया ८ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। बैंकिङ,हाइड्रोपावर,इन्भेस्टमेन्ट र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएको हो। ११६ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ८ को स्थिर रह्यो।

Back to top button