सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा गिरावट

काठमाडौं । सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन आइतबार ३३ दशमलव २० अंकले घटेर १९७१ दशमलव १० विन्दुमा झरेको बजार आज ५ दशमलव १९ अंकले बढेको हो ।

यसदिन २८६ कम्पनीको सेयर ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार १ अर्ब ८३ करोड ४ लाख बराबरको सेयर खरिदबिक्री भएको थियो।

आज सामान्य अंकले बढेको सेयर बजारमा २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सीवाईसी नेपाल लघुवित्त वित्तीय र सयपत्री हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

२१ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार गरी एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। यसैगरी सिटीजन लाइफ इन्स्योरेन्सको १२ करोड र सोल्टी होटलको ८ करोड मूल्य बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।

Back to top button