सभामुखको आह्वानमा आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरु बैठक बस्दै

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दै छ ।
बैठक अहिले बिहान साढे ११ बजे सभामुखको कार्यकक्षमा बस्ने उहाँको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाउनुभएको छ ।

यही वैशाख २८ गते संसद्को बर्खे अधिवेशन सुरु हुँदै छ । त्यसअघि सभामुख घिमिरेले सत्ता र प्रतिपक्ष दुवै दलका शीर्ष नेताहरूबीच छलफल गराउन लाग्नुभएको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसअघि निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेको थियो ।

Back to top button