एमाले–माओवादी केन्द्र सहकार्य एकतासम्म पुग्ने विश्वास छ : एमाले सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सहकार्य एकतासम्म पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले नयाँ सत्ता समीकरण राजनीतिक स्थायित्वका लागि भएको बताउनुभयो ।

‘राजनीतिक स्थायीत्वका लागि नयाँ समीकरण बनेको हो’ उहाँले थप्नुभयो,‘भ्रष्टाचार, कमिसन तन्त्र तोड्दै जनतामा आशा र भारोसा थप्दै अगाडि बढ्ने अठोट लिएका छौं ।’

यही फागुन २१ गते नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर एमाले, माओवादी केन्द्र, एकीकृत समावादी, रास्वपा, जसपाको नयाँ सत्ता समीकरण बनेको हो ।

नयाँ समीकरणमा रहेका दलहरुको सहकार्य एकतासम्म पुग्ने विश्वास सांसद गैरले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,‘म विश्वास राख्छु,आगामी दिनका नेपालका कम्युनिस्ट पार्टीहरुबीचमा भएको यस सहकार्यलाई मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त लोकतन्त्रवादी शक्तिहरुको बीचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरण विकास हुने दिशामा हामी अगाडि बढ्ने छौं ।’

Back to top button