एमाले झापाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौं । नेकपा (एमालें) झापाको जिल्ला अधिवेशन आजदेखि हुँदै छ । आजदेखि झापाको विर्तामोडमा हुने ११ औँ अधिवेशनको तयारी पूरा भएको छ ।

अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिजो गृह जिल्ला झापा पुग्नुभएको छ ।

अध्यक्ष ओलीले उद्घाटन गर्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले सहभागिता जनाउने एमाले झापाले जनाएको छ ।

एमाले झापाको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले आकाङ्क्षी देखाउनुभएको छ ।

Back to top button