इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम–२ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।

नेकपा एमालेले इलाम–२ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेशसभा–१ मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी र रास्वपाले पनि आ–आफ्ना उम्मेदवार उठाउने भएका छन् ।

Back to top button