सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ ।

स्रोतका अनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा.हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले ३ जनामध्येबाट १ जनालाई सचिव बढुवा गर्नेछ । १ नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा २३ कात्तिकयता कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत हुनुहुन्छ ।

दोस्रो नम्बरमा सिफारिस भएका केदारनाथ शर्मा ८ माघदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिव हुनुहुन्छ । तेस्रो नम्बरमा सिफारिस हुनुभएका पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्छ ।

यस्तै, वरीयता नमिची बढुवा भए लम्साल सचिवमा बढुवा हुनुहुने छ ।

Back to top button