त्रिभुवन विमानस्थलबाट ८ सय ५० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५० ग्राम सुन बरामद भएको छ । आज दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।

उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राख्नुभएको थियो ।

Back to top button