इलाम मतगणना अपडेटः कांग्रेसको सुरुआती अग्रता

विराटनगर । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ । फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआती अग्रता लिनुभएको छ ।

उहाँले ६ सय ५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५ सय ३४ मत ल्याउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ सय ८७ र रास्वपाका मिलन लिम्बूले १ सय १५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत प्राप्त गर्नुभएको छ ।

Back to top button