बझाङमा कांग्रेसलाई पराजित गर्दै एमालेको जित

बझाङ । बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६६ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको हो ।

एमालेका दमन भण्डारी ११ हजार ६ सय १२ मतसहित निर्वाचन हुनुभएको हो ।

बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो ।

यसैगरी माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गर्नुभयो । एकीकृत समाजवादीले २ हजार ५ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भण्डारी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका उहाँ प्रदेश सभा (क)मा विजयी हुनुभएको हो ।

यस अगाडि प्रदेश सभा (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी हुनुभएको थियो ।

तत्कालीन गठबन्धनका साझा उम्मेदवार बन्नुभएका सिंहले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । पृथ्वीको दुर्घटनामा निधन भएपछि यस स्थिानमा उपनिर्वाचन भएको हो ।

Back to top button