कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Back to top button