परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावाबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ ।

एक दिनका लागि नेपाल भ्रमणमा आउनुभएकी विदेशमन्त्री योको सहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीच लामो समयदेखि रहँदै आएको सुसम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठकै निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएकी उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Back to top button