६ सचिवको सरुवा, शिक्षा मन्त्रालयमा दिपक काफ्ले

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका कार्यरत ६ जना सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने पर्यटन मन्त्रालयका सचिव डा.दिपक काफ्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन शिक्षा सचिव सुरेश अधिकारी सचिवको पाँच वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएपछि मन्त्रालयमा सचिवको पद रिक्त भएको थियो । यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालको उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ ।

प्राविधिकतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि सचिवको जिम्मेवारीमा रहनुभएका डा.गोविन्दप्रसाद शर्माको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ भने उक्त मन्त्रालयमा पशुपन्छी सचिवको जिम्मेवारीमा रहनुभएका डा.रेवतीरमण पौडेलको मन्त्रालयमै कृषि सचिवमा सरुवा भएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालको भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी सचिवमा सरुवा भएको छ ।

Back to top button