बुढीगंगामा बस पल्टीदा १६ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित बाँसबारी चोकमा बस पल्टीदा १६ जना सामान्य घाइते भएका छन् ।

को १८ प ५२९ नम्बरको मोटरसाइकलले अचानक सडक क्रस गर्ने हुँदा मोटरसाइकललाई बचाउने प्रयासमा बा ४ ख ७४५० नम्बरको बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाइकल चालक सुनसरी देवानगञ्ज गाउँपालिकाका ४६ वर्षका समाउदिन खानको छातीमा चोट लागेको छ भने अन्य यात्रूहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, घाइतेहरुको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।

Back to top button