लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो । उहाँले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिनुभएको छ ।

समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ ।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई तोकिएको छ । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ । सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ ।

Back to top button