जनकपुरमा कर्फ्यु जारी

धनुषा । जिल्ला प्रशासन कार्यालयले जनकपुरमा कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विज्ञप्ति जारी गरेर आज दिउँसो ३ः३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

प्रशासनले उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गा.पा.–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोड‘ एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल–नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो। यससँगै सो क्षेत्रमा कसैले आवतजावत गर्न भेला हुन, जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न पाउने छैनन् ।

Back to top button