कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

काठमाडौं । राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह आज साँझ ७ बजे अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । अमेरिका जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्री शाहको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उहाँ असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ ।

Back to top button