संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द

काठमाडौं । संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ । चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले आज प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न उठाउनुभएको थियो । आज नयाँ बिल्डिङमा रहेको अस्थायी रुपमा राखिएको संरचना बन्द गरिएको हो ।

सिंहदरबारभित्र सञ्चालिन क्यान्टिन भने बन्द भएको छैन । नयाँ भवनमा राखिएको अस्थायी प्रकृतिको संरचना भने बन्द गरिएको हो ।

संसद् भवनको बरण्डामा राखेको फाइभस्टार होटल कसको हो? भनेर उहाँले प्रश्न गर्नुभएको थियो ।

‘कालो चियाको एक सय रुपैयाँ, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय,’ पर्ने भनेर उहाँले प्रश्न गर्नुभएको थियो ।

साथै, फाइभ स्टार होटल संसदको बरण्डाबाट बाहिर निकाल्नुपर्ने माग राख्नुभएको थियो ।

संसद्मा यस्तो प्रश्न उठेपछि अस्थायी क्यान्टिन बन्द गरिएको छ । अब त्यो कहिले खुल्छ वा के हुन्छ भन्ने विषयमा क्यान्टिन सञ्चालकले केही भनेका छैनन् ।

Back to top button