
विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२ औँ बैठक आज बस्दैछ । कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको हो । बैठक कटहरीस्थित कोशी प्रदेशसभा भवनमा बस्ने छ ।
यसअघि गत भदौ २२ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अब बैठक बस्ने भएपछि प्रदेशसभाको काम कारबाही पुनः अघि बढ्ने भएको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशअनुसार बैठक आह्वान गरिएको प्रदेशसभा सचिव खड्काको भनाइ छ ।






