आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दसैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रम टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको घुइँचो लागेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

यातायात व्यवस्था विभाग,नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आजदेखि अग्रम टिक बुकिङ खुला भएको हो ।

Back to top button