बन्दुक बनाई बिक्री गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । घरमा बन्दुक बनाउँदै विक्री गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–७ वाराङ्गीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाराङ्गी– कोलाघारीका पुर्णबहादुर लिम्बु रहेको मोरङ प्रहरीले जनाएको छ ।

लिम्बुले घरमै बन्दुक बनाएर आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले घरमा खानतलासी गरेको थियो ।

इलाका प्रहरी कार्यालय लेटाङले खानतलासी गर्दा लिम्बुको घरबाट एकथान भरुवा बन्दुक, एकथान दबासवाला बन्दुक, हतियार निर्माण गर्ने आरन, बन्दुकका विभिन्न पार्टपूर्जा बरामद गरेको छ ।

लिम्बुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभएको छ ।

Back to top button