एमाले महासचिव शंकर पोखरेललाई कोरोना पुष्टि

काठमाडौं एमाले महासचिव शंकर पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ।

उहाँले कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको फेसबुक मार्फत जानकारी दिनुभएको हो ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उहाँले भन्नुभएको छ ।

Back to top button