तिमल्सिनाले ल्याए मुटु गाँठो पर्ने गीत ‘आशिर्बाद’ (भिडियो)

कालिकोट । हाल अस्ट्रेलियामा रहेका युवा व्यावसायी तथा समाजसेवी असोक तिमल्सिनाले कला र साहित्य बिधामा पनि अब्बल मानिन्छन । तिमल्सिनाले कोरोना त्रासका वीच बैदेशिक भुमिमा प्रदेशिको पिडा र घरमा रहेकी आमाले छोरो आउने बाटो हेर्दै बसेका दिनहरुको अन्र्तवस्तुबारे मार्मिक प्रस्तुति दिइएको गीत सार्वजनिक गरिएको छ । करिब ९ महिना अगाडि कोरोना भाइरसले संसारभर सान्नाटा छाएको बेलामा मनमा उब्जिएको कथा लेखेको तिमल्सिनाले समाजिक सञ्जाल मार्फत जानकारी दिए ।

उक्त गीतमा हात मुख जोड्नकै लागि बिदेसिएका नेपालली माथि कोरोना भाइरसले दिएको अर्को बज्रपातको कहालि लाग्दो अवस्थालाई समावेश गरिएको छ । सबै कुराले भरिपूर्ण भएता पनि मर्दा र पर्दा जन्मघर उपस्थिति हुन नपाउनुको पिडालाइ गीत मार्फत प्रस्तुत गरिएको छ ।

आमा र छोरा बीचको आधुरो कुरालाइ समेटेर तयार पारिएको यो भिडियोमा आमाको पुरा नभएको आशिर्बादबारे भिडियोमा प्रष्टै देख्न पाइन्छ । यहिं पुरा नभएको ‘आशिर्बाद’ नै नाम लिएर भिडियो बजारमा ल्याएका हुन ।

भिडियोमा कलाकार मिथिला शर्मा र असोक तिमल्सिनाको प्रमुख भुमिका रहेको छ । शर्मासंगै एउटै पर्दा शेयर गरि अभिनय गर्नु अशोकको ठुलो चुनौति थियो, तर यो चुनौति उनले सजिलै गरि छोराको पात्रको रुपमा जिवन्त उतारेका छन । भिडियोमा रह्को आमा–छोराकै अभिनयलार्इ सामाजिक सञ्जाललमा रुचाइएको छ । गीतमा केतन क्षेत्रीले स्वर दिएका हुन, भने सुबास भुसालले संगित भरेका छन । यसको रचना सुरज गैरे (बिवश) र स्वयम् अशोकले गरेका हुन । म्युजिक भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

Back to top button