तृप्ती र थानेश्वरको ‘टिपिक्कै चोलीको तुना’ मा प्रियाणा आचार्य मुन्नी को दमदार अभिनय

काठमाडौं । गायिका तृप्ती खड्का र गायक थानेश्वर गौतमको आवाजमा ‘टिपिक्कै चोलीको तुना’ नाम गरेको गजल गीत बजारमा आएको छ ।

छबी चालीसेको शब्द रचना रहेको उक्त गीतमा गायक गौतमकै संगीत रहेको छ भने फडिन्द्र राईले संगीत संयोजन गरेका छन् । उक्त गीतको भिडियो ‘जननी नेपाल’ नाम गरेको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

त्यस्तै, रोजेल थापाले निर्देशन गरेको उक्त भिडियो रोहीत बस्नेतले कोरियोग्राफी गरेका छन् भने छायांकन नवराज उप्रेतीको रहेको छ ।

साथै, डान्सर सम्प्रिया खड्का, अर्नव गौतम, प्रियाणा आचार्य (मुन्नी), इन्दीरा शाह, चित्र पुन, छबी भट्टराई, पशुपती गन्धर्व, छबी चालीसे, प्रकाश घिमिरे, सन्देश अधिकारी लगायतले भिडियोमा अभिनय गरेका छन् । भर्खरै सार्वजनिक उक्त गीतमा मौलिक शब्द समावेश गरेर बजारमा ल्याएको गायिका तृप्ती खड्काले बताइन् ।

Back to top button