इन्दिरा गान्धी बन्दै कंगना

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौट अहिले आगामी फिल्म ‘थलाइवी’का कारण चर्चामा छिन्। यो फिल्ममा उनी तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको भूमिकामा छन्। कंगना फेरि एक पटक राजनीतिक ड्रामामा काम गर्न लागेको खबर सार्वजनिक भएको छ।

खबरअनुसार कंगनाले यो फिल्ममा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्न लागेकी छन्। कंगनाले यो फिल्म बायोपिक नहुने बताउँदै यसमा बलिउडका धेरै नाम चलेका कलाकार सहभागी हुने बताइन्। कंगनाले भनिन्, ‘हामी अहिले यो प्रोजेक्टमा गरिरहेका छौं।

फिल्मको स्क्रिप्ट अन्तिम चरणमा पुगेको छ तर यो इन्दिरा गान्धीको बायोपिक भने होइन। यो ऐतिहासिक पृष्ठभूमिमा आधारित फिल्म हुनेछ। अन्नपुर्ण पोष्टमा खबर छ ।

यो राजनीतिक ड्रामामा वर्तमान भारतको सामाजिक–राजनीतिक परिदृश्य झल्कनेछ।’कंगनाले यो फिल्म एउटा किताबमाथि आधारित हुने बताए पनि त्यो कुन किताब हो भन्नेचाहिँ खुलाएकी छैनन्। कंगना आफैंले यसको निर्माण गर्नेछिन् भने साई कबिर यसका लेखक, पटकथा लेखक र निर्देशक हुन्।

Back to top button