सचिनको विवादमा आँखाभरि आँसु बनाउदै बोले बिमल अधिकारी ! बाच्नै नै गार्हो भयो भन्दै भक्कानिए

लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमल अधिकारिले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए पछि उनि बिवादित बन्न पुगे ।

आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँचियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने । स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो ।’ विमलले उनीहरुलाई आर्थिक समस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताएका थिए ।

गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ । ‘उहाँहरुलाई खान–लाउन समस्या छ भने अरु केही हिसाबले सहयोग गरौं । यसले उहाँहरुलाई पनि दीर्घकालिन असर गर्छ । तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको हत्या भईरहेको छ’ भन्दै बिमल आधिकारी ले भनेका थिए र उनि विवादित बन्न पुगेका थिए।

सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी आएपछि उनले एक अन्तर्वार्ता दिदै गर्दा भाबुक बनेका छन्। बिमल भन्छन मैले मान्छे मारेको त् होइन किन यति धेरै म संग दुश्मनी। मैले त् सचिन बाबुको लागि राम्रै भनेको थिए। मलाई धेरै गाली गरियो साथै मेरो आमा बुवालाई पनि तथानाम गालि गरियो जति गालि गर्नु छ मलाई गर्नुहोस् मेरो आम बुवालाई गालि न गर्नु होस्। मेरो आमा बुवाले के बिगर्दिनु भाको छ र भन्दै उनि भाबुक बनेका छन्। हेर्नुस भिडियो सहित

Back to top button