![](https://koshisandesh.com/wp-content/uploads/2021/02/buu.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/02/buu.jpg)
काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् उहाहरुको लागि भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ सिजन १ को सुरुवात भएको छ। रिदम स्क्रिनको प्रस्तुतिमा भैरहेको यस कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य,संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले गरेका हुन्।
यस कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाईलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सक्छन् अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सक्ने छन्।
यस कार्यक्रमको निर्णायकहरुमा कलाकार बुद्दि तामाङ , हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी रहेका छन्। यस कार्यक्रममा पहिलो हुने विजेताले तिन हजार डलर , दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगद सहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन्।
जनवरी ८ देखि फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सक्ने छन्। विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्न यो कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले बताएका छन्।