मंगलबार ह्वात्तै बढ्यो सुनचाँदाीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मुल्य ह्वात्तै बढेको छ ।सोमबार प्रतितोला ९० हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १५०० रुपैंयाले बढेर ९१ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा २५ रुपैंयाले बढेर प्रतितोला १३ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय १२ रुपैंया रहेको थियो ।

Back to top button