कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडाै‌, ३० माघ । शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी बिहीबारको तुलनामा शुक्रबार ५ रुपैयाँले बढेको हो ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Back to top button