जब निकले प्रियंकालाई सोधे ‘यो औठी तिमीलाई लगाइदिन सक्छु’

मुम्बई । प्रियंका चोपडा र निक जोन्स बलिउडका सबै भन्दा चर्चित जोडी मानिन्छन् । उनीहरुले २ डिसेम्बर २०१८ मा हिन्दु र क्रिश्चियन परम्परा अनुसार विवाह गरेका थिए ।

प्रियंकाको प्रसंसा

प्रियंकालाई भेटनु अघि नै निक प्रियंकाको प्रसंसक भैसकेका थिए । निकले सबै भन्दा पहिला क्वान्टिकोका अभिनेता रोजर्ससंग कुरा गर्दै प्रियंकाको सुन्दरताको प्रसंसा गरेका थिए । सन २०१६, सेप्टेम्बरमा पहिलो पटक ट्विटर मार्फत प्रियंकालाई सन्देश पठाएका थिए । उनले पहिलो सन्देशमा प्रियंकालाई साथी बन्न आग्रह गरे । प्रियंकाले जवाफ पठाए लगत्तै उनीहरु विच टेलिफोनमा कुराकानी हुन थाल्यो ।

पहिलो भेट

सन २०१७ मा प्रियंका र निकलाई डिजाइनर राल्प लुरेनले एउटा कार्यक्रममा निम्ता गरे । यो उनीहरुको दोस्रो भेट थियो । पहिलो भेट न्युयोर्कमा आयोजित एक ड्रिंक पार्टीमा भएको थियो । त्यसपछि प्रियंकाले निकलाई आफ्नो घरमा बोलाइन् ।

ग्रिसमा राखेका थिए प्रेमप्रस्ताव

तेस्रो भेटमा निकलाई लाग्यो । विवाह त यहि केटीसंग गर्नुपर्छ । निकको भनाई अनुसार प्रियंकाको जन्मदिनको अवसरमा उनले प्रेम प्रस्ताव राखे । प्रेम प्रस्ताव राख्ने स्टाइल लगभग अभिनय गरे बराबरकै थियो । प्रियंकासंग भेटनु अघि नै निकले प्रियंकाको लागि औंठी किनेका थिए ।राजधानि दैनिकमा खबर छ । जब भेट भयो, प्रियंकाको अगाडी उभिएर भने ‘के म यो औंठी तिम्रो हातमा लगाइदिन सक्छु । तिमीसंग विवाह गरेर संसारकै सुखी मान्छे बन्न सक्छु ।’ लगभग ४५ सेकेण्डजति मौन रहेकी प्रियंकाले हुन्छ भनिन् ।

Back to top button