‘छोड देंगे’ नोरा फतेही

मुम्बई – बलिउड अभिनेत्री नोरा फतेही कहिले नृत्य त कहिले अभिनयको माध्यमबाट फ्यानको मन जितिरहेकी हुन्छिन्। उनका डान्सिङ भिडियो सोसल मिडियामा निकै भइरल हुन्छन्। ओ साकी साकी, दिलबरजस्ता धेरै डान्सिङ नम्बरबाट फ्यानलाई आकर्षित गर्ने नोराको अहिले नयाँ गीत आएको छ।

यो गीतमा नोराले धमाकेदार डान्स त गरेकी छन् नै यसमा बदलाको कथा पनि जोडिएको छ। गीत टी सिरिजबाट रिलिज गरिएको हो। गीतको बोल ‘छोड देंगे’ छ। म्युजिक भिडियोले रिलिज हुनासाथै युट्युबमा धूम मच्चाएको छ। गीतमा नोराको गेटअप पनि फरक देखिएको छ। भिडियोमा उनी बञ्जारन अवतारमा देखिएकी छन्। यो गीतको सुटिङ राजस्थानमा गरिएको थियो। ‘छोड देंगे’ गीत योगेश दुबेले लेखेका हुन् भने म्युजिक भिडियो अरविन्द खैराले निर्देशन गरेका हुन्।

नोराले बलिउडमा २०१४ मा आएको फिल्म रोअर ः टाइगर्स अफ द सुन्दरवनबाट आफ्नो करिअर सुरु गरेकी हुन्। फिल्म सत्यमेव जयते ९२०१८० को दिलबरमा पनि उनी देखिएकी थिइन्। यसपछि बटला हाउस ९२०१९० को ‘ओ साकी साकी’ र स्ट्रिट डान्सर–३ ९२०२०० को गीत ‘गर्मी’ मा गरेको सानदार नृत्यका कारण पनि उनी चर्चामा रहिन्।

Back to top button