दिवाकरको फिल्ममा भारतिय अभिनेता रोहित र दीपिका फाइनल

काठमाडौं – दिवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको सिनेमा ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यु गर्ने भएका छन्।

महावीर जैन कलेज मुम्बईबाट स्नातक गरेका रोहित अभिनय र ट्राभलमा रुचि राख्छन्। रोहित ‘तुने प्यार क्या किया’ र ‘रिस्ता लिखेंगे हम नयाँ’लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन्।

अन्नपुर्ण पोष्टमा खबर छ । साथै उनले रियालिटी सो बिग बोस १२ मा भाग लिएका थिए। ‘तिमीसँगै हुने मन छ’मा यसअगाडि नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छन्। दर्शकले यो जोडीलाई पर्दामा छिट्टै देख्न पाउनेछन्।

चैत पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमाका अन्य कलाकार भने केही दिनपछि फाइनल गरिने बताइएको छ। ओम नम सिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा प्रेमकथामा आधारित हुनेछ।

निर्देशक दिवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाउँदै छन्। छायाकार, कोरियोग्राफर साथै मेकअप म्यान पनि उतैबाट आउनेछन्।

Back to top button