बुर्किना फासोमा शसस्त्र बन्दुकधारीको आक्रमणबाट कम्तिमा १ सय ३२ को मृत्यु

बुर्किना फासोमा सशस्त्र बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा १३२ जनाको ज्यान गएको छ। ​सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणबाट स्थानीयका घरमा समेत आगजनी भएको छ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो सवैभन्दा ठूलो आक्रमण भनिएको छ ।

बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । उहाँले यस्तो दानबी शक्तिविरुद्ध सबै एक हुनुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताउनुभएको छ । उहाँले घटनाको गम्भीर निन्दा समेत गर्नुभएको छ ।

शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको छ । अघिल्लो महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

Back to top button