
डेनमार्क र फिनल्यान्ड बिचको आज भइरहेको खेलमा डेनमार्कका खेलाडी मैदानमै ढलेपछी स्थगित भएको छ । करिब १ घण्टाको खेल जारी रहँदा एरिक्सन एक्कासी मैदानमा ढल्नु भएको हो ।
उहाँ ढलेसँगै माहोल स्तब्ध बन्यो । सम्पूर्ण दर्शक, समर्थक भाव्विहवल देखिए । प्राथमिक उपचारका लागि मेडिकल टीम पुग्यो, तर एरिक्सन उठेनन । अन्ततः उनलाई चारैतिरबाट घेरेर मैदान बाहिर निकालियो । सम्पूर्ण खेलाडीसहित रेफ्री मैदान बाहिरीए ।
यद्यपी उनको अवस्थाको विषयमा केही उल्लेख गरिएको छैन । आजको खेल पनि डेनमार्कका लागि एरिक्सन नै केन्द्रमा रहेर खेलिरहेका थिए ।