अमेरिका र रुसका राष्ट्रपतिबिच भेटवार्ता हुने, जलवायु परिवर्तन र कोभिड–१९का बिषयमा सहकार्यको सम्भावना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादमिर पुटिनबिच भेटवार्ता हुने भएको छ । १६ जुनमा स्विट्जरल्याण्डको जेनेभामा दुई राष्ट्रपतिबिच भेटवार्ता हुने तय भएको हो ।

तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रका प्रमुखहरूको बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो। सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ। तिक्ततापूर्ण सम्बन्ध रहेका दुई राष्ट्रपतिको भेट हुनेभएपछि विश्वको ध्यान त्यतातर्फ केन्द्रित भएको छ ।

भेटले दुईदेशबिचको सम्बन्धलाई सुधार्ने र जलवायु परिवर्तन, कोभिड–१९ को महामारीविरूद्धको लडाइँमा सहकार्य गर्ने लगायतका विषयमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

पुटिनसँगको भेटपछि अमेरिकी राष्ट्रपति बाइडेनले एक्लै पत्रकार स्म्मेलन गर्ने हुनुभएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार भेटघाटमा भएका कुरालाई पारदर्शी रूपले सम्प्रेषण गर्न उहाँले एक्लै पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । राष्ट्रपति बाइडेन अहिले जी ७ राष्ट्रको शिखर सम्मेलनमा सहभागी हुन बेलायतमा हुनुहन्छ ।

Back to top button