![](https://koshisandesh.com/wp-content/uploads/2021/08/boat-scaled.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/08/boat-scaled.jpg)
विराटनगर । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार थिए। समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ। दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।