कांग्रेस महाधिवेशन रोक्न माग गरीएको रिट निवेदन खारेज

काठमाडौं ।कोरोना महामारीलाई कारण देखाएर नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।

बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गर्नु भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलासले उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

कांग्रेस मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ । यसअघि भदौ १८ गते बाट वडा तहको अधिवेशन आयोजना भइसकेको छ ।

Back to top button