म जे छु सुदर्शन थापाकै कारण छु :अभिनेत्री पूजा शर्मा

निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको सम्बन्धलाई फिल्म क्षेत्रमा उदाहरणीय मानिन्छ । उहाँहरुबीच व्यवसायीक र व्यक्तिगत सम्बन्ध पनि उत्तिकै नजिक छ। फिल्म ‘प्रेमगीत’ पछि उहाँहरुको एकअर्कासँग नाम जोडियो । बेला बखतमा मनमुटावको खबर पनि नआएको होइन । तर, आजका दिनसम्म उहाँहरु मिलेरै अगाडि बढिरहनुभएको छ ।

फिल्म ‘मधुमास’ पछि सुदर्शनले पूजा बिना फिल्म नै निर्देशन गर्नुभएको छैन। उहाँहरुबीच सहकार्य भएको प्रायः फिल्म सफल भएका छन् । सुदर्शनले निर्देशन गर्नुभएको ‘प्रेमगीत’ बाट पूजाको स्टारडम चुलिएको थियो । यसकारण पनि उहाँलाई फिल्म क्षेत्रमा स्थापित गर्न सुदर्शनको ठूलो हात छ भन्ने गरिन्छ । यो कुरा पूजा स्वयंले पनि स्वीकार्नु भएको छ।

आइतवार कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’ मा अतिथीको रुपमा सहभागि हुने क्रममा उहाँले सुदर्शन थापाकै कारण आफू यो ठाउँसम्म आइपुगेको प्रतिकृया दिनुभएको छ । आफूलाई सुदर्शन थापाले बनाएको हो भन्दा लाज नलाग्ने प्रतिकृया दिँदै उहाँले भन्नुभयो,‘ म आज जे छु सुदर्शन थापाकै कारणले छु ।’ गत हप्ता मात्र सुदर्शनले सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गर्दा पूजालाई निम्तो नगरेको भन्दै उहाँहरुबिच सम्बन्ध सम्बन्ध विग्रिएको चर्चा थियो । पूजाले भने सुदर्शनले बिहे गर्दैमा टिम नछुट्ने बताउनु भएको छ।

Back to top button