ओ माइ गड को सिक्वल बन्ने

काठमाडौ । हिन्दी कथामा आधारित चलचित्र ‘ओ माइ गड’ को सिक्वल ‘ओ माइ गड २’ बन्ने भएको छ ।
‘ओ माइ गड २’ को मूख्य भूमिकामा यस पटक पनि अक्षय कुमार सँगै पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिनु हुने भएको छ।
ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्ममा भने अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्मले व्यवसायिक सफलतासँगै आलोचना पनि खेप्नुपरेको थियो।

धर्मका नाममा अभ्यासमा रहेका कुरीतिमाथि प्रहार गरेकोले फिल्म विवादमा समेत आएको थियो।

‘ओ माइ गड’ अन्धविश्वास र धार्मिक कट्टरतामा आधारित थियो। बलिउड हंगामाका अनुसार दोस्रो भाग भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले निभाउनु हुने छ । अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका परेश रावलको भने यस पटक नदेखिने भारतिय भिडिया ले बताएको छ ।

आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो फिल्म अमित राईको निर्देशनमा बन्न लागेको हो। हास्य९व्यंग्य ‘ओ माई गड २’ को सुटिङ दुई हप्ता अघिबाट सुरु भएको रिपब्लिक वर्ल्डले जनाएको छ।

Back to top button