देशभरका फिल्म हल असोज १ बाट खुल्ने

काठमाडौं ।असोज १ बाट देशभरका हल खुल्ने भएका छन । पोखरा, बिराटनगर, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटवल र हेटौंडाका फिल्म हलहरु असोज १ गतेदेखि खुल्नै भएका हुृन ।

कास्की, मोरङ, पर्सा, चितवन, बाँके, मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोभिड १९ प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिनु भएको हो ।

भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले पनि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन अनुमति दिसक्नु भएको हो ।

असोज १ गतेदेखि नै मुलुकभरका सबैजसो विद्यालय पनि खुल्दै छन् । आज बसेको स्वास्थ्य मन्त्रालयको बैठकले संक्रमणको आधारमा मात्र विद्यालय र फिल्म हल खुलाउन जिल्ला कोभिड महामारि व्यस्थापन समिति भनेको छ ।

असोज १ गतेदेखि फिल्म हल खुल्ने भएपछि फिल्मको लाइनअप तयार पार्न चलचित्र संघ र चलचित्र निर्माता संघको बैठक आज बस्दैछ । बैठकले दशैं र तिहारको लाइनअप तयार पार्ने जनाइएको छ ।

Back to top button