रचना र नविनको चट्ट माया सार्वजनिक

काठमाडौं । गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द र गायक रावलकै संगीत रहेको छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दिपेशजंग रायमाझीको नृत्य रहेको छ ।

शान थापाको निर्देशन रहेको उक्त भिडियोलाई राजिव समरले नृत्य निर्देशन गर्नु भएको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गर्नु भएको हो ।

Back to top button