बेल बटमले कमायो ५० करोड

काठमाडौ । गत १९ अगस्टमा प्रदर्शन भएको अक्षय कुमारको मुख्य भुमिकामा रहेको फिल्म ‘बेल बटम’ ले सुरुवाती दिनमा बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको थिएन । तर, रिलिजको एक महिना पूरा नहुँदै फिल्मले ठूलो रेकर्ड आफ्नो नाममा गरेको छ । कोभिड पछि सिनेमा हलमा प्रदर्शन भएको फिल्ममध्ये भारत मा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बेल बटमले बनाएको छ ।

चार दिनमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा घरेलु बक्सअफिसमा ३० करोड छापेको छ । त्यस्तै, विदेशमा फिल्मले २० करोड कमाई गरेको भारतीय मिडियाले जनाएको छन ।

फिल्मको छायांकन कोरोना महामारीको समयमा भएको थियो । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको फिल्मलाई रञ्जीत एम तिवारीले निर्देशन गर्नु भएको हो । फिल्ममा अक्षयका साथै वाणी कपूर, हुमा कुरैशी, आदिल हुसेन र लारा दत्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा लाराले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नु भएको छ ।

Back to top button