हुरहुरको ‘उकुसमुकुस’ प्रशारण सुरु

आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट हास्य सिरियल ‘उकुसमुकुस’ को प्रसारण सुरु भएको छ । नहकुल भट्टराई निर्माता रहनु भएको यस सिरियललाई दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गर्नु भएको हो । उकुसमुकुस गएराति बाट प्रसारण सुरु भएको छ ।

गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको उक्त सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ भने सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिनाले गर्नुभएको छ ।

राहुल राईलको छायाँकन रहेको उकुसमुकुसमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङलगायत कलाकार रहनु भएको छ । बालकलाकारमा सोहन थापाको अभिनय रहेको छ ।

Back to top button