सुरु हुँदै ‘द भ्वाइस किड्स’ को ‘ब्लाइन्ड अडिसन’

काठमाडौ । ६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तयारिमा रहेको छ । हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।

केही समय अगाडि अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने र प्रशारण भने एक महिना पछिबाट हुने निर्देशक लक्ष्मण पौडेलले बताउनु भएको हो ।

उक्त शोका लागि ४ कोच छानिएका छन् । जसमध्ये राजु लामा र प्रमोद खरेल भने अन्य दुई कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी रहेका छन् ।

Back to top button