सौगात मल्लको ‘राधा : द सेक्रेट्स अफ राधा’

काठमाडौ । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘राधा द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।
पालुङ आसपासमा छायांकन भएको फिल्ममा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय रहेको छ ।

दयाहाङ राई र निश्चल बस्नेतको पनि विशेष भूमिकामा रहेको निर्माण टिमले जनाएको छ । उक्त फिल्मलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गर्नु भएको हो ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ । सृष्टिले ‘राधा’ को चरित्र निर्वाह गर्नु आफ्नो लागि निकै विशेष रहेको बताउनु भएको छ । सृष्टिले यसअघि ‘माइकल अधिकारी, पोइ पर्‍यो काले, मासु भात’ लगायतका फिल्ममा सौगातसँग एकसाथ काम गरिसक्नु भएको छ ।

Back to top button