तेलुगु सुपरस्टार विजय देवरकोण्डा बलिउडमा डेब्यू गर्दै

काठमाडौ । तेलुगु सुपरस्टार विजय देवरकोण्डा बलिउड निर्माता तथा निर्देशक करण जोहारको आगामी फिल्म ‘लाइगर’मार्फत बलिउडमा डेब्यू गर्नु हुने भएको छ। उक्त फिल्ममा विजयसँग अनन्या पाण्डेको समेत अभिनय रहने छ ।

करण जोहार प्रोडक्सनले निर्माण गर्न लागेको फिल्ममा विश्वविख्यात बक्सर माइक टाइसनको समेत एक विशेष भूमिकामा अभिनय रहने निर्माता करणले जानकारी दिनुभएको हो ।

माइक सन् २००९ मा हलिउड फिल्म ‘ह्यांगओभर’ र सन् २०११ मा उक्त् फिल्मको सिक्वेलमा देखिनु भउको हो । चर्चित मार्सल आर्टस फिल्म सिरिज सन् २०१५ को फिल्म ‘आइपी मेन ३’मा पनि माइकको अभिनय रहेको छ ।

फिल्म ‘लाइगर’ हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।

Back to top button